धनगढीः धनगढीमा स्थापित प्रादेशिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले अमेरिकी जनताको सहयोगमा सुदूरपश्चिमकै पहिलो र देशकै दोस्रो ठूलो अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने भएको हो। अमेरिकी जनताको सहयोगमा झण्डै ११ करोडको लागतमा निर्मित सो केन्द्रको शुक्रबार नेपाल रेडक्रस सोसाइटी कैलाली शाखालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। दुई तले…