मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलिगाउमा क्रिकेट प्रतियोगिताको उपाधिको लागि ओलिगाउ र रिडिकोट भिडने

ओलिगाउमा क्रिकेट प्रतियोगिताको उपाधिको लागि ओलिगाउ र रिडिकोट भिडने


अछाम । जिल्लाको मंगलसेन नगरपालीका वडा नम्बर ९ ओलिगाउमा जारी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आयोजक कृष्ण वीर स्मृति युवा क्लब ओलिगाउ र रिडिकोट युवा क्लब रिडिकोट भिडने भएका छन ।

आज भएको पहिलो सेमिफाइनल खेलमा मंगलसेन नगरपालिकालाई पराजित गर्दै ओलिगाउ फाईनलमा प्रवेश भएको हो भने आयोजक कृष्ण विर स्मृति युवा क्लब आयोजक बि लाई पराजित गर्दै रिडिकोट फाईनलमा प्रवेश गरेको हो ।

गत बैशाखमा कोरोनाका कारण स्थगित भएको प्रतियोगिता कात्तिक ४ गतेबाट सुरु भएको थियो । ओलिगाउ र रिडिकोट बिचको फाईनल खेल भोलि ११ बजे र समापन समेत भोलि नै हुने भएको छ ।

कृष्ण वीर स्मृति युवा क्लब ओलिगाउको आयोजना र मंगलसेन नगरपालिकाको सहयोग, पुष्प कीराना तथा मासु पसल, मंगलासैनी कीराना तथा मासु पसल, टि आई कोल्ड स्टोर, प्रकाश कीराना तथा मासु पसल, अनुष्का कीराना पसल, मदर ल्यान्ड बोर्डिङ स्कुल ओलिगाउ र रिभर साइड कटेज एंड रेस्टुरेन्ट कैलाशखोला, भुवन स्टेशनरी स्टोर, श्रृष्टी पुस्तक पसल मंगलसेन अछामको प्रायोजनमा भएको हो ।