धनगढी: आइतबार दिउँसो २ बजे कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकामा पुग्दा मोहना नदीको पुलदेखि दशगजा क्षेत्रसम्म नाका पार गर्नेहरुको लर्को देख्न सकिन्थ्यो। महिला बालबालिकादेखि कलिलो उमेर समूहका युवासँगै वयस्क पुरुषहरु पनि भारत जानका लागि आफ्नो नाम दर्ता गरिरहेका थिए। सोही लाइनमा थिए डोटी गाजरीका लालबहादुर थापा। कोरोनाको प्रभाव कम भएसँगै रोजगारीकै लागि भारत पस्न बाध्य भएको उनले बताए।…