मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकादेवि सामुदायिक वन लयाँटीमा नयाँ नेतृत्व

कालिकादेवि सामुदायिक वन लयाँटीमा नयाँ नेतृत्व


`युवा तथा शिक्षककाे नेतृत्वमा नयाँ कार्य समिति चयन´

अछाम । जिल्लाको पञ्चदेवल नगरपालिका वडा नम्बर ५ स्थित कालिकादेवि सामुदायिक वन लयाँटीले नयाँ नेतृत्व पाएकाे छ । वीर बहादुर बुढाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हाे । लामो समयदेखि अस्तब्यस्त अवस्थामा रहेको कार्यसमिति यस वडाका जनप्रतिनिधिको राेहबरमा बुधवार निस्कृय गराई नयाँ समिति गठन भएको छ ।

लयाँटी स्थित जनजागरण युवा क्लबले वन संरक्षणका लागि बेला बेला खबरदारी गर्दा गर्दै पनि प्रेम शाहीकाे अध्यक्षतामा रहेको निबर्तमान कार्यसमितिले वनजंगल क्षेत्र भित्र ब्यक्तिगत स्वार्थका लागि एकाधिकार प्रयाेग गरि वन विनाशका थुप्रै क्रियाकलाप गरिरहँदा अन्ततः वन तथा वातावरण संरक्षण समितिका नगर संयाेजक समेत रहेका वडा अध्यक्ष कुल बहादुर बुढाको अध्यक्षता तथा राेहबरमा नयाँ कार्य समिति चयन भएको युवा क्लबका संयाेजक दिनेश केशीले जानकारी दिए ।

प्रेम शाहीकाे अध्यक्षतामा निर्माण भएकाे कार्य समितिले लामाे समय करिब ४ बर्ष बितिसक्दा समेत वन संरक्षणका कुनै गतिविधि नगरेका कारण जनजागरण युवा क्लबले बेला बेला ध्यानाकर्षण गरेको थियाे ।

डिभिजन वन कार्यालय विनायक,नगरपालिकाकाे वन तथा वातावरण संरक्षण समितिलाई सामुदायिक वन संरक्षणका निम्ति युवा क्लबद्वारा बेला बेला अाग्रह गर्दा पनि कुनै चाँसाे नदिँउदा युवा क्लब अाफैले कार्य समिति हेरफेर सम्बन्धमा बैठकको अायाेजना गरेको क्लबले जानकारी दियो ।

नयाँ कार्य समितिलाई बधाई दिँदै वडा अध्यक्ष कुल बहादुर बुढाले अहिले निर्माण भएको कार्य समितिलाई काम गर्न केहि झन्झटिलो हुने बताए ।

निवर्तमान कार्य समिति बाट सामुदायिक वनको अाय ब्याय तथा लेखापरीक्षण गर्दा अाउने खर्च विवरण नियमानुसार राख्न केहि समस्या अाउने उनको भनाई छ ।

वनजंगल संरक्षणका लागि वडा तथा नगर तह बाट अाफु बाट हुन सक्ने सम्पुर्ण सहयोग गर्न प्रतिबद्ध रहेको अध्यक्ष बुढाले अाश्वासन दिए ।

नेपाली कांग्रेस अछाम जिल्ला कार्य समितिका पुर्व पार्टी सचिव तथा जनजागरण युवा क्लबका कानुनी सल्लाहकार वीर बहादुर शाही प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथिको अासन बाट बाेल्दै शाहीले हाल सम्म पनि संरक्षण समिति सकृय नहुँदा यहाँको स्थानीय तहले चाँसाे नराख्नु दुर्भाग्य भएको बताए ।

प्रयावरणमा मानिसहरुकाे गलत क्रियाकलापले जलवायूमा परिवर्तन अाई विभिन्न बिपत्तिहरु जस्तैः भुक्षय, बाढिपहिराे , वन डढेले जस्ता विपत्तिहरु अाइपर्ने भएकाले जथाभावी वन विनाश नगर्न अाम नागरिकमा अनुरोध गरे ।

जनजागरण युवा क्लबका कानुनी सल्लाहकार संयाेजक समेत रहेका वीर बहादुर शाहीले युवाहरुले देखाएको चाँसाे तथा जंगल संरक्षणको याे प्रयासलाई हार्दिक धन्यवाद समेत दिए ।

यस्तै अास्था नेपालका पुर्व तथा संस्थापक अध्यक्ष मान बहादुर शाही विशिष्ट अतिथि रहेका थिए । कर्मभुमि काठमाडौ भएपनि जन्मभुमि प्रति असाध्यै माया गर्ने इन्जिनियर शाहीले लयाँटी केन्द्रित सामाजिक कार्यका लागि अाफु कटिबद्ध रहने बताए ।

युवाहरुका समस्या पहिचान गरि समाधानकाे प्रयासका लागि अाफ्नाे तर्फबाट हुन सक्ने जति सहयाेग गर्न प्रतिबद्धत रहेकाे उनको भनाई छ ।

युवा क्लबका महासचिव समीर शाहीले स्वागत गरेकाे कार्यक्रमकाे सहजिकरण तथा सञ्चालन क्लबका अध्यक्ष दिनेश कडायले गरेका हुन ।

युवा तथा नवज्योति माद्यामिक विद्यालयका शिक्षक समेत रहेका वीर बहादुर बुढाकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन हुँदा उपाध्यक्ष नकेन्द्र शाही , सचिव रमेश शाही, काेषाध्यक्ष मिना कडायत तथा सदस्यहरु राम बहादुर बुढा, जल बहादुर शाही , धुपिसरा कामी , रतन कडायत, कलम भुल , लव शाही रहेका छन ।