अछाम ः जिल्लाको तुर्माखाँद गाउँपालिकाले ५२ करोड ३ लाख ५८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ । पालिकाको गाउँसभाको १६ औं अधिवेशनको पहिलो र दोस्रो बैठक सम्पन्न गर्दै आर्थिक बर्ष २०८२र०८३ को बजेट ल्याएको हो । यसअघि पालिकाले नीति तथा कार्यक्रम सभामा पेश गरि सर्वसम्मत पारित गरेको थियो । यसपटकको बजेटमा पालिकाले यसअघिको जस्तै शिक्षा…