अछाम : सामाजिक र परोपकारी भावनाले जिल्लामा पहिलो पटक गठित अछाम सरोकार मंचले सहयोग अभियानलाइ अगाढी बढाएको छ। केहि दिन पहिले जिल्ला अस्पताल अछामलाई स्वास्थ्य सामग्री सहयोग गरेको मंचले आज कमलबजार पिसिआर प्रोयोगशालालाई सहयोग गरेको छ। राष्ट्रिय अविष्कार केन्द्रको सहयोगमा प्राप्त ४ थान पिपीई र मंचका तर्फबाट १ हजार माक्स कमल बजार आर.टि.पि.सि.आर प्रयोगशालालाई सहयोग…