मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश राजधानी निर्माणका लागि २ करोड ७२ लाख बजेट

सुदूरपश्चिम प्रदेश राजधानी निर्माणका लागि २ करोड ७२ लाख बजेट


धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजधानी निर्माणका लागि बजेट विनियोजन गरेको छ। 

मंगलबार अर्थ मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै राजधानी पूर्वाधार विकास समितिलाई प्रभाकारी बनाउन, वातावरणीय प्रभाव मुल्याङ्कन गर्न र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न २ करोड ७२ लाख विनियोजन गरेको बताए। 

सुदूरपश्चिम प्रदेश सभाको २०७५ साल असोज १२ गते बसेको बैठकले प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णय गरेको थियो।