मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारद्धारा ८ करोड बिनियोजित

बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारद्धारा ८ करोड बिनियोजित


अछाम । सुदूरपश्चिम प्रदेश सरकारले अछाम स्थित बयालपाटा असपतालका लागि ८ करोड रकम बिनियोजित गरेको छ । आर्थिक मामिला मन्त्री माननिय प्रकाश बहादुर शाहले अस्पतालका लागि ८ करोड रकम बिनियोजित गरेको बताए ।

प्रदेश सरकारको आज प्रस्तुत बजेट भाषणमा मन्त्री शाहले बयालपाटा अस्पतालको सुदृढीकरण तथा पूर्वाधार विकासका लागि भनेर ८ करोड रकम बिनियोजित गरेको उल्लेख गरे ।

यसअगि गत बर्ष प्रदेश सरकारले बयालपाटा अस्पतालका लागि ७ करोड रकम बिनियोजित गरेको थियो ।

नेपाल सरकारसंग साझेदारीमा न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालले सुदूर पहाड तथा कर्णाली प्रदेशका समेत केही जिल्लाका नागरिकलाई निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा दिदैँ आएको छ ।