अछाम ः जिल्लाको मंगलसैन नगरपालिका वडा नं. ७ मा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । सोही वडामा रहेको नेपाली कांग्रेस वडा कार्यसमितिले वडा कार्यालयमा तालाबन्दी गरेको हो । वडा सरकारले गत आर्थिक बर्ष बजेट बिनियोजित गर्दा आम नागरिकका समसयालाई बेवास्ता गरेको, टोल विकास समिति बाट छनोट भएका योजनाहरु प्राथमिकीकरण नगरेको, मनोमानि ढंगबाट बजेट बिनियोजित देखि उपसमिति…