मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तरपालिका बीचको अनुभव साटासाट गर्न बान्निगढीको एक टोली भ्रमणमा

अन्तरपालिका बीचको अनुभव साटासाट गर्न बान्निगढीको एक टोली भ्रमणमा


अछाम ः सिकाइ अध्ययनका लागि पूर्वका पश्चिम र पश्चिमका पूर्व तिर भ्रमण गर्ने कुरा नौलो होइन । एकअर्का पालिकाहरुले के कसरि काम गरिरहेका छन् भनेर अध्ययन भ्रमण गर्ने कुरा चलिआएको छ ।

त्यहि कार्य अन्तर्गत अछाम जिल्लाको बान्निगढ़ी गाउपालिकाको एक टोलि पनि भ्रमणको लागि निस्केको थियो । पालिका अध्यक्ष टेक बहादुर साउदको नेतृत्वमा एक टोलि अन्तरपालिका भ्रमणको उद्देश्य सहित स्थानिय तह अन्तर्गतका कामकारबाही बारे अनुभव साटासाट गर्न निस्किएको हो ।

गाउँ कार्यपालिकाको वैठकले निर्णय गरेर १० दिनको भ्रमणमा गाउँपालिकाका अध्यक्ष साउद, उपाध्यक्ष विन्दु रावल लगायत केही जनप्रतिनिधि, कृषिका कर्मचारी मात्रै भ्रमण रहेको पालिकाले जनाएको छ ।

भ्रमणका क्रममा बजेट बाँडफाँटको अवस्था, सुशासन, सेवा प्रवाह, न्यायिक सम्पादन, फोहरमैला व्यवस्थापन, कृषि क्षेत्रमा भएको प्रगतिको वारेमा अध्ययन अवलोकन हुँदै आएको गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले जानकारी दिए ।

भ्रमणका क्रममा देखिएको विषयबस्तुलाई आगामि आर्थिक वर्ष २०८२/८३ नीति कार्यक्रम एवंम् वजेटमा समेटिने अध्यक्ष साउदको भनाई रहेको छ । त्यस्तै भ्रमणमा क्रममा अछामका पर्यटकिय एवं्म धार्मीक क्षेत्रका वारेमा जानकारी दिने काम पनि हुँदै आएको अध्यक्ष साउदको भनाई रहेको छ ।

भ्रमणको लागि १० लाख रुपैया लिएको भनेर मिडिया र सामाजिक सञ्जालमा आएको कुरामा सत्यता नभएको सूचना अधिकारी जोशीको भनाई रहेको छ । केही मिडिया र सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीमा कुनै सत्यता नभई असत्य, झुठ भ्रामक र कपोकल्पित भएको उनले जानकारी दिए । भ्रमणको लागि टोलिले साढे दुई लाख रुपैया मात्रै पेस्की लिएको जानकारी सूचना अधिकारी जोशीले दिए ।

भ्रमणका कारण गाउँपालिकाको सेवा प्रवाहमा कुनै समस्या नरहेको समेत गाउँपालिका अध्यक्ष साउदको भनाई रहेको छ । गाउँपालिकाको सेवा प्रवाहको लागि प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र प्राविधिक भ्रमणमा नरहेका जानकारी उनले दिए ।

जनताको भुक्तानी देखि सम्झौतामा कुनै समस्या नभएको उनको दावि छ । कृषि क्षेत्रमा केही नयाँ कार्य गर्नु पर्ने भएकाले कृषि क्षेत्रका कर्मचारी रहेको गाउँपालिकाले जानकारी दिएको छ ।