अछाम - सुदूरपश्चिमको अछामबाट प्रतिनिधित्व गर्ने सांसदका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। अछाम निर्वाचन क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटीका स्वकीय सचिव तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अछाम जिल्ला कमिटी सदस्य टोप बहादुर शाहीलाई सङ्क्रमणको पुष्टि भएको हो। शाहीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेका हुन्।…