मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना सङ्क्रमणबाट चितवनमा थप एककाे मृत्यु

कोरोना सङ्क्रमणबाट चितवनमा थप एककाे मृत्यु


चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला छिन् ।

अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो ।

भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व)का १र१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । रासस