मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुट्पिटले २४ बर्षिय युवकको ज्यान गयो

कुट्पिटले २४ बर्षिय युवकको ज्यान गयो


अछाम । जिल्लामा २४ बर्षिय युवकको कुटपिट पछि मुत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउका मानसिह भण्डारीका २४ बर्षिय छोरा संन्तोष भण्डारीको आज जिल्ला अस्पताल अछाममा मुत्यु भएको हो ।

हिजो मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाझका युवासँग आपसि विवाद भएपछि कुटपिट हुदा गम्भीर घाईते भएका भण्डारीको आज दिउसो जिल्ला अस्पताल अछाममा मुत्यु भएको बताईएको छ । बाह्य चोट धेरै नदेखिएपनी भित्रि भागमा गम्भीर चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएपनी हेलिकप्टरमा लैजान नपाउदै मंगलसेनमा मुत्यु भएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज बिष्टले बताए ।

उहाँको भित्रि भागमा गम्भीर चोट भएकाले अछाममा उपचार सम्भब नभएपछी नेपालगञ्ज रेफर गर्दा लैजानका लागि अछाममा हेलिकप्टर ल्याण्ड हुने बित्तिकै मुत्यु भईसकेको डाक्टर बिष्टले बताए। यता जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका कारण मुत्यु भएकाले घटनाको अनुसन्धान जारी रहेको बताईएको छ ।

कमलबजार नगरपालिकाका ६ हात्तिबाझका भुपेन्द्र शाही लगाएतका ४/५ जना युवाको समुहले उहाँलाई कुटपिट गरेकाले आज बिहानै देखि खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुचना अधिकारी रमेशदत्त अबस्थीले बताए ।

मृतकका आफन्तको तर्फबाट समेत प्रहरी कार्यालयमा उजुरी आईसकेकाले भुपेन्द्र शाही फरार रहेकाले खोजि कार्य तिब्र पारिएको उहाँले बताउनु भयो । मृतकका भण्डारीका आफन्तले घट्नामा सग्लन दोषिलाई चाडो भन्दा चाडो पक्राउ गरि कानुनी कटघरामा ल्याउन प्रहरी समक्ष माग गरेका छन ।