मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भदौ २४ गतेसम्मका लागि उपत्यकामा निषेधाज्ञा

भदौ २४ गतेसम्मका लागि उपत्यकामा निषेधाज्ञा


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ ।

उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्‍ने निर्णय गरेको हो ।

आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको एक उच्च अधिकारीले बताए ।

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो ।

यसअघि  भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय आज मध्यराति सकिँदै छ ।

यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।