सिलगढी : डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको छ। प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय २८ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो। आज थपिएका सबै डोटीको सायल गाउँपालिकाका रहेका छन्। प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरी ९ जनामा कोरोना पुष्टि भएको बताए।