मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेमा कोरोनाबाट ३७ वर्षीय पुरुषको मृत्यु

बाँकेमा कोरोनाबाट ३७ वर्षीय पुरुषको मृत्यु


नेपालगञ्ज- कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनको दुवै फोक्सोमा निमोनिया भएको थियो ।
भर्ना भएकै दिन उनको स्वाव लिइएको थियो । भोलिपल्ट ९ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

मेडिकल कलेजमा उपचार रहेका उनका अवस्था बिग्रिँदै गएपछि नेपालगञ्जबाट भेन्टिलेटरसहित कोहलपुर मेडिकल कलेजमा सारेर उपचार थालिएको थियो । उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगञ्जकै एकएक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।