मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका CDO र DSP कोरोनाबाट बच्ने उपाय बारे सचेतना जगाउदै

अछामका CDO र DSP कोरोनाबाट बच्ने उपाय बारे सचेतना जगाउदै


अछाम – जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख डिएसपि स्थानीय बजारमा कोरोना भाईरसको संक्रमणबाट बच्न अपाउनु पर्ने उपाय तथा सावधानीका बारेमा समेत जानकारी गराउदै हिडनु भएको छ ।

हालै मात्रै जिल्ला आउनु भएका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय र प्रहरी प्रमुख डिएसपि योगेन्द्र सिँह थापा अनुगमनका क्रममा स्थानिय तहमा गईरहदा बजारमा जानकारी गराउदै आउनु भएको हो ।

स्थानिय बजारका ब्यापारि सहीत बालबालिकालाई बच्ने उपाय तथा सावधानी सहीत मास्क प्रयोग सम्बन्धी जानकारी गराउनु भएको छ । जिल्लाको तुर्माखाद र पुनेपाटा बजारमा सचेतना गराईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

केही दिन अघि जिल्ला समन्वय समितीको पदाधिकारीको टोलि सहित सुरक्षा निकायको टोलिले जिल्लाको पंञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउपालिकामा रहेका क्वारेन्टाईन स्थलको अनुगमन तथा निरिक्षण गरेको थियो ।

टोलिले यतिबेला बढि जसो प्रभाबित देश भारतबाट नागरिक जिल्ला भित्रिने भएकाले क्वारेन्टाईनमा बिशेष ध्यान दिन आग्रह गरेको थियो । सरकारको मापदण्ड अनुसार हरेक स्थानीय तहले क्वारेन्टाईनको ब्याबस्थापन गर्न आग्रह गरिएको थियो ।

साथै क्वारेन्टाईनमा बस्ने हरेक नागरिककलाई सुरक्षित सहित शान्त रुपमा बसिदिन समेत उहाँहरुले सुझाब दिनु भएको थियो ।