मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चट्याङ् परी घाईते भएका अछामका ७ जना मध्ये ३ जनाको अबस्था गम्भीर

चट्याङ् परी घाईते भएका अछामका ७ जना मध्ये ३ जनाको अबस्था गम्भीर


अछाम – बुधबार बेलुका साँझ ६ बजेतिर चट्याङ् परी घाईते भएका साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाका ७ जनालाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याईएको छ ।

बाब्लाको बाहुन टोलमा टोलमा विद्युतको पोलमा चट्याङ् परी स्थानीय ४ घरपरिवारका ७ जना चट्याङ् परी घाईते भएको खबर प्रहरीलाई जानकारी हुनासाथ जिपमा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

जसमा बर्ष १८ बर्षित सौभाग्य जोशी, २१ बर्षिय होमराज जोशि, १३ बर्षिय गोकुल प्रसाद जोशि समय समयमा बेहोस हुने भएकाले अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि बर्ष ३४ बर्षिय भुवनेश्वरी जोशी, १८ बर्षिय तिलक राज जोशी, २१ बर्षिय जयन्ती जोशी र १८ बर्षिय देवश्बरी जोशिको हात तथा खुट्टा पोलिएको अबस्थामा रहेको बताईएको छ ।

उता हिजो बेलुकी आएको हावाहुरीले तुर्माखाँद गाउपालिका वडा नम्बर ४ दाउनामोरामा बर्षासँगै आएको हावाहुरीले मकै बाली सखाप पारेको छ ।