बाजुरा: एक महिनादेखि साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाले साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरादेखि तिपाडासम्म ठाँउठाँउमा पहिरो गएपछि सडकमा अवरोध भएको हो। जसले गर्दा यातायातका साधन तथा स्थानीयलाई आवतजावत गर्न निकै समस्या भइरहेको छ। पहिराले बुढिगंगा नगरपालिका १ अम्कोटमा सडक नै तहसनहस हुनेगरी बिगारेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। ‘लगातार वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको…