मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश शिक्षा पत्रकार समुहको संयोजकमा ‘भट्ट’

सुदूरपश्चिम प्रदेश शिक्षा पत्रकार समुहको संयोजकमा ‘भट्ट’


धनगढी – सुदूरपश्चिम शिक्षा पत्रकार समुहको संयोजकमा शिवराज भट्ट चयन भएका छन्। शिक्षा, खोज र अनुसन्धानमा क्रियाशिल शिक्षा पत्रकार समूहले आफ्नो सांगठनिक संरचना विस्तार गरेको हो। भट्टलाई सुदूरपश्चिम प्रदेश संयोजकमा चयन गरिएको छ। 

बुधबारको समुहको बैैठकले प्रदेश कमिटि गठनका लागि संयोजक तोक्ने निर्णय गरेको थियो। बैठकको निर्णयले सुदूरपश्चिम संयोजकमा शिवराज भट्ट, कर्णाली प्रदेश संयोजकमा कलेन्द्र सेजुवाल, प्रदेश नम्बर ५ मा मनोज पोडेल, खण्डकी प्रदेश संयोजकमा केशवशरण लामिछाने, बागमती प्रदेश संयोजकमा धुर्व अधिकारी, प्रदेश नम्बर २ को संयोजककमा दिपेन्द्र सिँह र प्रदेश नम्बर १ को संयोजकमा राधा खनाललाई चयन गरेको हो। 

वि.स २०७६ फागुन ५ मा सम्पन्न २० आँै साधारणसभाले समूहलाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको थियो। आवश्यक प्रक्रिया पूरा गर्न पूर्वअध्यक्ष सुदर्शन घिमिरेको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो।

बैठकले शिक्षा बिटमा कार्यरत÷काम गर्न इच्छुक युवा एवं उर्जावान पत्रकारहरुका लागि शिक्षा पत्रकार समूहको नयाँ सदस्यता पनि खुला गर्ने निर्णय गरेको छ। शिक्षा पत्रकार समूह स्थापनाको २० वर्ष पुगेको अवसरमा बितेका दुई दशकका शैक्षिक मुद्दा, शिपसका पैरवी र उपलब्धीबारे पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ। – दिनेशखबर