मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा मास्क नलगाउने ५३२ जना कारवाहीमा

अछाममा मास्क नलगाउने ५३२ जना कारवाहीमा


अछाम – प्रहरीले अछाममा मास्क नलगाएर हिडडुल गर्ने माथी कडाई गर्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मास्क नलगाई हिडडुल गर्ने ५ सय ३२ जनालाई कार्वाहि गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी योगेन्द्र सिह थापाले कार्वाहि गरिएकोबाट ५० हजार ३ सय रुपैया जरिवाना गरिएको बताए ।

९ हजार ३ सय ३२ जनालाई सम्झाई बुझाई गरी छोडिएको उहाले बताउनु भयो । सबै भन्दा बढी अछामको साँफेबगर, मंगलसेन, कमलबजार, जयगढबजारमा मास्क बिना हिडडुल गर्नेलाई कार्वाहि गरिएको उहाले बताए ।

१ सय ९० जनालाई मास्क बितरण गरिएको डिएसपी थापाले जानकारी दिए । कोरोनाबाट बच्न र बचाउन प्रहरीले जनचेतना मुलक कार्यहरु गर्दे आएको उहाले बताए।