बाजुरा - जिल्लाको बुढिगंगा नगरपालिकामा एकैदिन १७ जना कोरोना संक्रमित भेटिएका छन्। धनगढी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बुढिगंगा नगरपालिकाका १७ जनामा कोरोना पुष्टि भएको हो। उनीहरु सबै भारतबाट फर्किएर एउटै क्वारेन्टिनमा बसिरहेको बुझिएको स्वास्थ्य कार्यालयले जनाएको छ। नगरपालिकाको वडा नम्बर १ को धुरालसैन माविको क्वारेन्टिनमा बसेका ४ दिने शिशु सहित १७ जनामा कोरोना देखिएको हो।…