मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ७ जना कोरोना संक्रमित थपिए, कुल संख्या ७६ पुग्यो

अछाममा ७ जना कोरोना संक्रमित थपिए, कुल संख्या ७६ पुग्यो


पूर्ण बहादुर खड्का, अछाम ।

अछाममा सोमबार ७ जना कोरोना संक्रमित थपिएका छन् । राष्टिय प्रयोगशाला केन्द्र टेकु काठमाण्डौँमा गरिएको परिक्षणका क्रममा २ जना र सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा ५ जनामा संक्रमण पुष्टी भएको छ ।

काठमाण्डौमा भएको परिक्षणमा जिल्लाको मेल्लेख गाँउपालिकाका २५ र २६ बर्षिया पुरुष रहेका छन् भने धनगढीमा गरिएको परिक्षणमा २७ बर्षिया महिला सहित २ जना उमेर नखुलेका तथा २८ बर्षया पुरुष सहित उमेर नखुलेका एक जना अर्को रहेका सेती प्रादेशिक प्रयोगशाला बाट जारी विवरणमा उल्लेख गरिएको छ ।

उनिहरुको पालिका अनुसारको ठेगाना प्रष्ट नभएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।