मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना परीक्षणको स्वाब बोकेर आफै जुम्ला पुगे बुढिगंगाका मेयर शाह

कोरोना परीक्षणको स्वाब बोकेर आफै जुम्ला पुगे बुढिगंगाका मेयर शाह


बाजुरा : कोरोना परीक्षणमा ढिलासुस्ति भएपछि बाजुराको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह भने स्वाब बोकेर जुम्ला पुगेका छन्।

सुदूरपश्चिम प्रदेशमा धनगढीमा मात्र एक प्रयोगशाला रहेको र रिपोर्ट आउन दुई हप्ता भन्दा बढि समय लाग्ने भएकाले नगरप्रमुख शाह, स्वास्थ्य संयोजक दिपक शाह सहितको टोली जुम्लाको कर्णाली स्वास्थ्य प्रतिष्ठान स्वाब लिएर गएको नगरपालिकाले जनाएको छ।

आरडिटि पोजेटिभ आएका नगरपालिकाका तीन सय ३८ जनाको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला पुगाएको नगर प्रमुख शाहले वताए। 

बाजुरामा एक हजार भन्दा बढिको आरडिटि पोजेटिभ आएको छ। अधिकांशको स्वाब संकलन गरेको भएपनि रिपोर्ट भने आउन सकेको छैन्।