मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामी कल्याण समाज सुर्खेत लकडाउनमा क्रियाशिल, अप्ठेरोमा परेकालाई सहयोग गर्दै

अछामी कल्याण समाज सुर्खेत लकडाउनमा क्रियाशिल, अप्ठेरोमा परेकालाई सहयोग गर्दै

सुदूर आज

अछाम । सुर्खेतमा विभिन्न कारणले बसोवास गर्ने अछामीहरुको साझा संस्था अछामी कल्याण समाज सुर्खेत लकडाउनमा क्रियाशिल रहेको छ ।

संस्थाले कोरोना भाईरसले निम्त्याएको संकटका बेलामा विभिन्न संस्था र व्यक्तीसंग समन्वय गरी लकडाउनका वेला भारत लगायत नेपालका विभिन्न स्थानबाट सुर्खेत हुदै अछाम जाने मानिसहरुलाई खाना, पानी र खाजाको व्यावस्था लगायतका काम गर्दे आईरहेको छ ।

नेकपा अछामका नेता बमबहादुर बिसीको समन्वयमा स्थापित भएको संस्थाले अछामबाट आएर सुर्खेतमा विभन्न पेशा व्यावसायमा संलग्नलाई लकडाउनले पारेको अप्ठ्यारोमा सहयोग गर्दै आईरहेको संस्थाका अध्यक्ष मीनबहादुर शाहीले बताए ।

सुर्खेतमा बस्ने विद्यार्थी र मजदुरहरुलाई दाल, चामल, नुन र तेल जस्ता खाद्य समेत संस्थाले वितरण गरिरहेको अध्यक्ष शाहीले जानकारी दिए ।

अहिलेको संकटको बेला कोपिला भ्याली सेवा समाज सुर्खेत, अछामी कल्याण समाज सुर्खेत, पञ्चदेवल फाउण्डेशन नेपाल, विभिन्न बैंक, सरकारी कार्यालय, शिक्षण संस्थामा नौकरी तथा प्राध्यापनमा संलग्न भएका र अछामबाट सुर्खेतमा आएर व्यापार, होटल व्यावसाय, समाज सेवा र राजनीति आदि सबै क्षेत्रमा संलग्न सबैलाई अप्ठेरोमा गरेको सहयोग प्रति नेता बिसीले धन्यवाद व्यक्त गरेका छन् ।