पोखरा- हरेक वर्ष वैशाख २३ गते शनिबार पोखराको लामाचौरका दीलिप दोषी बेचैन हुन्छन्। नहुन् पनि कसरी? २०६९ साल वैशाख २३ गते शनिबार बिहान ९ बजेतिर एक्कासी सेतीमा आएको बाढीले उनकी एक मात्र छोरी आर्जना श्रेष्ठलाई उनबाट खोसेको थियो। पोखराको सिमलचौर स्थित ला–ग्राण्डी इण्टरनेशलन कलेजमा अध्ययन गरिरहेको विद्यार्थीको एक समूह शनिबारको छेको पारेर कास्कीको खारापानीमा पिकनिक खान…