रामाराेशन पर्यटन मार्ग - अव्यवस्थित निर्माणले पुल्लेताेलाका २ सय नागरिक विस्थापित हुन सक्ने अछाम: जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलामा अव्यवस्थित सडक विस्तारले एक टाेलनै पहिराेकाे उच्च जाेखिममा परेको छ । रामाराेशन पर्यटन सडक मार्ग निर्माणका क्रममा प्राविधिक स्टमेट बिनै सडक विस्तार गरिन थालेपछि पुल्लेताेलाकाे रजाङ्गे टाेल पहिराेकाे उच्च जाेखिममा रहेकाे हाे ।…