मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गाउँ पालिका ५ सरानिमा गएको पहिरो पिडित लाई NFIs Kit बितरण

मेल्लेख गाउँ पालिका ५ सरानिमा गएको पहिरो पिडित लाई NFIs Kit बितरण


अछाम । जिल्लाको मेल्लेख गाउँ पालिका ५ सरानिका टोलका पहिरो पिडित हरुलाइ तत्काल आबस्यक पर्ने नन फुड आइटम हस्तान्तरण गरिएको छ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग,आस्था नेपालको र वाक नेपालको आयोजना र जिल्ला बिपद ब्यबस्थापन समिति अछाम को समन्वयमा आस्था नेपाल द्धारा सञ्चालित बाल स्पोनसरशिप तथा बाल संरक्षण परियोजना बाट मेल्लेख गाउँ पालिका ५ सरानीका ५० घरधुरी लाई सामान वितरण गरिएको हो।

सहयोग अन्तर्गत प्रती घर त्रीपाल 2 पिस ,पलास्टिकको डोरि 2 रोल ,वुलन बलाङ्केट 1 पिस, सोलार लाइट 1 सेट,झुल 2 पिस र पलास्टिक म्याड 2 पिस गरि 50 घरधुरीलाई सहयोग गरिएको हो। मेल्लेख गाउँ पालिकाका उपाध्यक्ष धन बहादुर शाहीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको प्रमुख अतिथि जिल्ला बिपद ब्यबस्थापन समिती अछामका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल रहेका थिए।

कार्यक्रममा भवनी बक्स गडका प्रमुख सेनानी रित बहादुर रानाभाट ,जिल्ला प्रहरी कार्यलय अछामका प्रहरी नायब उपरीक्षक तुलसिराम अर्याल ,सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिस जोशी,जिल्ला अनुसन्धान कार्यलयका प्रमुख भगेन्द्र बहादुर चन्द, नेपाल रेडक्रसका धुर्ब शाही,आस्था नेपालका जिल्ला प्रबन्धक रुप बहादुर चन्द लगायतको उपस्थित रहेको थियो।

कार्यक्रमको सञ्चालन आस्था नेपालका बाल संरक्षण कार्यक्रमका फिल्ड अधिकृत भ्वान सिंह सार्किले गरेका थिए । उक्त कार्यक्रममा प्रजिअ मल्लले यस्तो बिपदको बेला बाढी पिडित हरुलाइ सहयोग गरेकोमा आस्था नेपाललाइ धेरै धेरै धन्यवाद दिदै राहत वितरण गर्दा एकद्वार प्रणाली बाट वितरण गर्ने जानकारी गराए ।