काठमाडौं । २०७६ सालको संविधान दिवसको दिन घोषित विभूषणहरुमध्ये मानपदवीहरु यही चैत २७ गते प्रदान गरिने भएको छ । शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीहरु प्रदान गर्नेछिन् । अलंकार र पदकहरु भने सम्बन्धित विभागीय प्रमुखहरुले प्रदान गर्नेछन् । गृह मन्त्रालयको विभूषण शाखाकी शाखा अधिकृत राधा श्रेष्ठले कोरोना संक्रमणको जोखिमका कारण वितरण…