अछाम सुदूर पश्चिम प्रदेश अन्तर्गत पर्ने एक पहाडी जिल्ला हो। १ हजार ६९२ वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो। भौगोलिक हिसाबले विकट रहेको अछाम जिल्ला ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरूले भरिपूर्ण छ। सुदूरपश्चिमको चर्चित मानिने नौ मुठे गाई पनि यसै जिल्लामा देख्न सकिन्छ। रत्यौली, भुवा, न्याउले, पुतला, देउडा गीत,…