काठमाडौं- मंगोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बुधबार लेखेको समाचार अनुसार क्यान्सर पहिचान भएकामध्ये ७३ प्रतिशतको रोगको पहिचान धेरै ढिला हुने गरेको पाइएको छ। क्यान्सर लागेको हो भन्ने पहिचान भएकामध्ये ६० प्रतिशत विरामीको एक बर्षमा निधन हुने गरेको पनि विवरण छ। अघिल्लो वर्ष…