जनकपुरधाम- सहिद दुर्गानन्द झालाई तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको आरोपमा मृत्युदण्ड दिँदै गर्दा सायद कसैले पनि सोचेका थिएनन् देशमा गणतन्त्र आउँछ। तर, मृत्युदण्डभन्दा पहिले नै सहिद झाले भनेका थिए, देशमा गणतन्त्र आउँछ। त्यसको ठिक ४५ वर्षपछि मुलुक गणतन्त्रात्मक प्रणालीमा प्रवेश गर्यो। २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रात्मक मुलुकका रुपमा घोषणा गरेको…