काठमाडौं । ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन ६ महिना धकेल्ने पक्षमा रहेको सत्तारूढ गठबन्धनमा शनिबार आउँदो जेठ महिनाभित्र निर्वाचन गर्ने सहमति जुट्यो । निर्वाचन आयोगको परामर्शमा मिति तोकिने भनिए पनि परामर्शका लागि हालसम्म जानकारी गराइएको छैन । परामर्शका लागि आफूहरू तयार नै रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् । गठबन्धनको निर्णयसँगै अब निर्वाचन…