काठमाडौं- एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ। रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएको बताइएको छ। उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त छिन्। तर, विज्ञहरूले नाइटोबाट रगत प्रत्यारोपण गरिने…