काठमाडौं– आज शनिबारको दिन। हिन्दू धर्मावलम्बीहरूको महान पर्वमध्येको एक माघे संक्रान्ति देशभर मनाइँदैछ। माघे संक्रान्ति स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरेर मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ। आज घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायत परिकार खाइन्छ। माघे संक्रान्ति देशैभर मनाइने भए पनि सुदूरपश्चिममा भने विशेष…