टोकियो- फुमियो किशिदा जापानको सयौं प्रधानमन्त्री बनेका छन्। गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेता बनेपछि ६४ वर्षीय किशिदालाई सोमबार जापानको प्रधानमन्त्री घोषणा गरिएको हो। जापानी संसद्का दुवै सदनले उनलाई प्रधानमन्त्री पदमा चयन गरेको हो। उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेका छन्। यससँगै उनले मन्त्रिपरिषद् पनि विस्तार गरेका छन्। निवर्तमान प्रधानमन्त्री योसिहिदो…