मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशमा बिचौलियाको बिगबिगी छ : राष्ट्रिय सभा सदस्य कुवँर

देशमा बिचौलियाको बिगबिगी छ : राष्ट्रिय सभा सदस्य कुवँर


अछाम । राष्ट्रिय सभा सदस्य माननिय शेर बहादुर कुवँरले अहिलेको राजनितिमा बिचौलियाको बिगिबिगी रहेको बताएका छन् । देश विकास, समृद्धी र राजनितिक परिर्वतनको बाधकका रुपमा बिचौलिया रहेको उनले बताएका हुन् ।

बडादशै, शुभ दिपावली तथा छठ पर्व २०७८ को अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले आयोजना गरेको शुभकामना आदान प्रदान एवंम चियापान कार्यक्रममा प्रमुख अथिति रहेको कुवँरले सुशासन, राजनिति, विकास निर्माणका पक्षमा पत्रकारहरुको कलम चल्नुपर्ने भनाई राखे ।

कार्यक्रममा नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता वेद प्रकाश तिमिल्सैनाले शुभकामना दिदैँ विगतमा आफुले पत्रकारीता गर्दाको समय स्मरण गर्दै पत्रकार जहिले पनि स्थायी प्रतिपक्षका रुपमा काम गर्नुपर्ने बताए । अछाममा पत्रकारीताको विकास क्रम राम्रो रहेको भन्दै प्रवक्ता तिमिल्सैनाले पाठकले पढ्न लायक कलात्मक रुपमा सामाग्री प्रस्तुत गर्न आग्रह गरे ।

आफुले २ दशक पत्रकारीता गरेको भन्दै उनले पत्रकारले जहिले पनि व्यावसायिक धर्म भित्र रहेर काम गर्नुपर्ने बताए । राजनितिक आस्था हरेक व्यक्तीमा हुन्छ उनले भने, ‘तर त्यो माईक्रोफोन र सम्पादकको टेबलमा रहाँदा आस्था बिर्सिनुपर्दछ ।’

नेपाल पत्रकार महासंघ अछामको संस्थापक अध्यक्ष हुदैँ दुई कार्यकाल अछाम शाखाको नेतृत्व गरेको तिमिल्सैनाले राम्रोलाई राम्रो र नराम्रोलाई खबरदारी गर्नुपर्नेमा जोड दिए । अहिले स्थानिय तहमा हुने गरेका हरेक क्रियाकलापको निगरानी पत्रकारले राख्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य शिब बहादुर बोगटी, नेकपा एकिकृत समाजवादी अछामका उपसचिव नमराज न्यौपानेले मन्तव्य राख्दै जनताका हक अधिकार स्थापित गर्न र लोकतन्त्रलाई जोगाउन पत्रकारीता क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।

यस्तै प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले कोभिडका कारण पत्रकारहरु संग अन्तरक्रिया गर्ने अवसर नजुरेको भन्दै यो कार्यक्रमले राम्रो अवसर जुराएकोमा खुशी व्यक्त गरे । शुभकामना व्यक्त गर्दै उनले अझै पनि कोभिडको जोखिम रहेको भन्दै सजग रहन आग्रह गरे ।

अछाम जिल्लाको आवयश्क्ता हेरेर उठान गर्नुपर्ने बिषयलाई पत्रकारले अध्ययन गरेर अघि बढ्न् प्रजिअ मल्लले आग्रह गरे । साथै उनले अछाम जिल्लामा पत्रकारीता गर्न कठिन रहेपनि समाज परिवर्तन गर्ने कुरामा खबरदारी गर्नु पत्रकारको धर्म भएको धारणा राखे ।

कार्यक्रममा पूर्व पत्रकार एवंम नेपाली कांग्रेस अछामका युवा नेता बिनोद कुमार थापाले आफुहरुले पत्रकारीता सुरु गर्दा नजारे नै अघि बढेपनि आफुले सुरुवात गरेके काम अहिले हेर्दा गर्व गर्न लायक रहेछ भन्ने अनुभुती हुने गरेको स्मरण गरे ।

अछाम जिल्लामा ३/४ जनाको संख्यामा पत्रकार रहेको बेला महासंघ स्थापना गर्न पहल गरेको भन्दै नेता थापाले अहिलेको संख्या र संचारमाध्यमको बृद्धिले आफु निकै हर्षित भएको बताए । आफुले पत्रकारीता सुरु गर्दा थुप्रै समस्या संग जुध्न परेको स्मरण गर्दै थापाले अहिले त्यस्तो अवस्था नरहेको बताए । जनता र समाजका लागि काम गर्न आफुले पत्रकारीताको माध्यमबाट चेतनाको विस्तार गरेको उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष एवंम नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँर, समाजवादी प्रेस संगठनका राजेन्द्र कुवँर, नेपाल प्रेस युनियन अछामका पूर्व अध्यक्ष यज्ञराज ढुंगाना, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका सदस्य धमेन्द्र बीसी, तपेन्द्र कुवँर, नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारी, शाखाका पदाधिकारी तथा जिल्ला स्थित संचारकर्मी र पत्रकारहरुको सहभागीता रहेको थियो ।

नेपाल पत्रकार महासंघ अछाम शाखाका उपाध्यक्ष रमेश रावतले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव पूर्णबहादुर खड्काले गरेका थिए ।