काठमाडौं - निर्वाचनमा पराजित भएको कांग्रेसका लागि २०७४ को पुस चरम पीडाकै अवस्था थियो। इतिहासकै ‘शर्मनाक’ हार भन्दै पार्टीभित्र नेतृत्वप्रति अविश्वास चुलिएको थियो। पुरानो पुस्ताभन्दा एक कदम अघि बढेर निर्वाचनको निर्मम समीक्षा गर्न युवापुस्ताका नेताहरू अघि बढे। २०७४ पुस १६ मा सात युवा पुस्ताले संयुक्त वक्तव्य निकाले। सभापति शेरबहादुर देउवाप्रति प्रश्न तेर्स्याए। कांग्रेस सुधार्ने र…