काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सुरु गर्न लागिएको बैठकले एमसीसीबारे टुङ्गो लगाउने स्थायी कमिटी सदस्यले जानकारी दिए । असार १६ गतेदेखि एमसीसी लागु गर्नुपर्ने भएकाले टुङ्ग्याउनै पर्ने दबाबमा नेकपा छ । बेदुराम भुसाल यसअघि थाति रहेका विषय नै बैठकको कार्यसूची हुने बताउँछन्…