काठमाडौं- सरकारले देशभरका विभिन्न १७ अस्पतालमा कोभिड–१९ को निशुल्क उपचार गर्ने भएको छ। त्यसका लागि सरकारले अस्पतालहरु तोकेको छ। स्वाथ्य तथा जनसंख्या मन्त्रालयको असार ३१ गतेको निर्णय अनुसार कोरोनाको निशुल्क उपचारका लागि देशभर १७ वटा अस्पताल तोकिएको हो। प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कोभिड–१९ को उपचार हुने मन्त्रालयले…