काठमाडौं – त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित भएको जनाएको छ। विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले सञ्चालन गरिरहेका स्नातक र स्नातकोत्तर तहका परीक्षा कोभिड-१९को दास्रो लहरको बढ्दो प्रकोपका कारण स्थगित गर्नुपरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सूचनामार्फत जनाएको हो। देशका विभिन्न सहरमा गरिएकाे लकडाउन र निषेध आदेशका कारण सञ्चालनमा रहेका परीक्षा स्थगित गर्नुपरेको कार्यालयले जनाएको छ। यथास्थितिमा परीक्षा सञ्चालन…