काठमाडौं – गर्भावस्था एक संवेदनशील अवस्था हो। शारीरिक र मानसिक ?पमा महिलालाई विशेष हेरचाहको आवश्यक पर्छ। यो अवस्थामा गरिने सानो हेलचक्र्याईले पनि गर्भपतनदेखि महिलाको ज्यान जोखिम पर्ने खतरा हुन्छ।
गर्भावस्थामा देखिने विभिन्न समस्यामध्ये रक्तश्राव हुनु पनि एक हो। गर्भधारण भइसकेपछि कतिपय महिलाहरुमा रक्तश्रावको समस्या देखिने गरेको छ। चिकित्सकका अनुसार गर्भवती भइसकेपछि रक्तश्राव हुनु राम्रो लक्षण होइन।
थोरै या धेरै जति मात्रामा रक्तश्राव भएपनि तत्काल चिकित्सकको परामर्शमा जानुपर्ने परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका सिनियर कन्सलट्यान्ट गाइनोकोलोजिस्ट डा कीर्तिपाल सुवेदी बताउँछन्। यो अवस्थामा गरिने सानो हेलचक्र्याईले पनि गर्भ खेर जाने जोखिम हुने उनले बताए।
गर्भवती अवस्थामा रक्तश्राव किन हुन्छ ? यसबाट कसरी जोगिने लगायत विषयमा हामीले डा सुवेदीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
गर्भवती भइसकेपछि कतिपय महिलाह?मा रक्तश्रावको समस्या हुने गरेको छ। यो कस्तो खालको समस्या हो?
– कुनै पनि महिला गर्भवती भइसकेपछि रक्तश्राव हुनु राम्रो लक्षण होइन।
– पहिलो तीन÷चार महिनामा रगत देखा परेको हो भने गर्भ खेर जाने अवस्था हुन्छ।
– तर २० देखि २४ हप्तापछि रक्तश्राव भयो भने सालको, बच्चाको नाल लगायत केही कारणले हुन सक्छ।
– गर्भवस्थाको कुन अवस्थामा रगत देखिएको छ, त्यसले पनि फरक पार्छ।
गर्भावस्थामा रक्तश्राव किन हुन्छ ? यसका कारणह? के के छन् ?
– धेरैजसो महिला गर्भवती भएको २÷४ महिनासम्म रक्तश्राव भयो भन्ने गुनासो लिएर आउँछन्।
– रक्तश्राव अत्यधिक भएको छ, दुखाई छ, रगतको चोक्टा गएको छ भने गर्भपतनको चिन्ह हो।
– कुनै पनि महिला गर्भवती भइसकेपछि थोरै या धेरै जति रगत देखिएपनि तत्काल अस्पताल जानुपर्छ।
– यसको प्रमुख कारण गर्भपतन, पाठेघरको मुखमा मासु पलाएको, रगत जम्ने लगायत कारण हुन सक्छ।
यो समस्या कुन उमेर समुहका महिलामा बढी देखिने गरेको छ?
– कुनै पनि महिला गर्भवती हुन २० देखि ३५ वर्षसम्म शारीरिक ?पमा सक्षम हुन्छन्।
– शरीर परिपक्क नहुँदै र ४० वर्ष माथिका महिला गर्भवती भए यो समस्या देखिन सक्छ।
यो समस्या निम्तन नदिन गर्भवतीले के कुरामा ध्यान दिन आवश्यक छ?
– गर्भवती भएपछि कुनै पनि बेला रक्तश्राव हुने बित्तिकै तत्काल चिकित्सकलाई देखाउनुपर्छ।
– चिकित्सकलाई सही समयमा देखाउन सके गर्भपतन हुने जोखिमबाट बच्न सकिन्छ।
– तर अस्पताल ढिलो पुगे गर्भ खेर जानेदेखि लिएर महिलाको ज्यान जाने समेत खतरा हुन्छ।
प्रतिक्रिया