साँफेबगरका मेयर कुलबहादुर कुँवरलाई चेकको प्रतिलिपी हस्तान्तरण गर्दै युनाइटेड इन्सुरेन्स कम्पनीका शाखा प्रमुख प्रेम रेग्मी। तस्बिर : गीता कुँवर अछाम : साँफेबगर नगरपालिकाले ४ सय २५ जनाको कोरोना बिमा गरेका मध्ये ११ जनाले एक लाखका दरले रकम प्राप्त गरेका छन् । नगरपालिकाले २ लाख ५२ हजार खर्च गरेर जनप्रतिनिधि र स्वास्थकर्मीको कोरोना बिमा गरेको थियो । …