मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा वायु प्रदूषण मापन मेसिन जडान

विराटनगरमा वायु प्रदूषण मापन मेसिन जडान


विराटनगर – प्रदेश नं– १ को विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु गरिएको छ । खास गरी वायुमा हुने प्रदूषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन सावधानी अपनाउन यो वायुप्रदूषण मापन सम्बन्धी डिस्प्ले स्थापना गरिएको छ ।

विराटनगरको डिभिजन वन कार्यालय मोरङमा स्थापना गरिएको सो डिस्प्ले मापन मेसिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्थापना गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयबाट स्थापना गरिएको सो डिस्प्ले दमक र धनकुट्टामा पनि स्थापना भइसकेको र यसको मापन मेसिन धनकुटा, दमक, झुम्का र विराटनगरमा स्थापना गरिएको वन विभागका सूचना अधिकारी शङ्करप्रसाद पोखरेलले जानकारी दिए ।

उनले देशका २८ स्थानमा डिस्प्ले र २९ स्थानमा मापन यन्त्र जडान भएकोले यस क्षेत्रमा वायुमा हुने प्रदूषणका बारेमा मानिसले सजिलै थाहा पाउने विश्वास व्यक्त गरे।

वायु गुणस्तर शून्यदेखि ५० कणको मात्रा भएको सङ्केत दिएजस्तै डिस्प्लेले छ किसिमको सूचना प्रवाह गरिरहेको हुन्छ । अहिले वर्षातको समय भएकोले वायुमा खासै प्रदूषण नदेखिए पनि हिउँदको मौसममा अलिक बढी देखिने सम्भावना हुन्छ ।

यस्तै, अहिले कोरोनाका कारण धेरै सवारी साधन नचल्नु, धुवाँ प्रदूषण पनि नहुनुले डिस्प्लेमा देखिने अवस्था सामान्य अवस्थामा रह्न सक्ने डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताए।