काठमाण्डाै - अहिले देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले बताए । यी क्षेत्रमा पश्चिमी वायुको प्रभाव हिजोदेखि नै परेको थियो । पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको छ । प्रश्चिमी वायुको प्रणालीकै कारण…