मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोडफोडका कारण पञ्चदेवल नगरपालिकामा बत्ती अवरुद्ध

तोडफोडका कारण पञ्चदेवल नगरपालिकामा बत्ती अवरुद्ध


अछाम – जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा आपुर्ती भइरहेको विद्युत सेवा फेरी अवरुद्ध भएको छ ।

नगरपालिकामा केहि दिन यता नियमित सन्चालन भइरहेको तालागाड विद्युत सेवा केहि ब्याक्तीले बाँध भत्काइदिएकाले अवरुद्ध बनेको हो ।

सोमवार रात्री केहि ब्याक्तीहरुको समुहले बाँध भत्काइएको प्रति तालागाड जलविद्युत आयोजना उपभोक्ता समितीको गम्भिर ध्यानार्कषण भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर २,३,४,५ र ८ मा संचालन भइरहेको तालागाड विद्युत आयोजनाको करिव १ सय मिटर कुलो पुर्ण रुपमा भत्काइएकाले उपभोक्ताहरुको बत्ती बाल्न पाउने अधिकारबाट बन्चित हुनु परेको हुँदा उपभोक्ता समितीको गम्भिर ध्यानाकर्षण भएको तालागाड जलविद्युतका मेनेजर दिपक शाहीले जानकारी दिए ।

यसरी पटक पटक विभिन्न कारण ले बिधुत सेवा अबरुद्ध हुदा नगरपालिका स्थित सन्चार क्षेत्र, बैङ्किङ क्षेत्र,आइएमी लगायत अन्य सरकारी कार्यालयलाई असर पुगेको छ ।

यसै बिच पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ५ लयाँटीमा सोमवार खानेपानी आपुर्तीका बिषयमा भेला सम्पन्न भएको छ ।

वडा नम्वर ५ लयाँटी र वडा नम्वर ३ विनायकमा खानेपानी आपुर्तीका बिषयमा भइरहेको विवादलाई कसरी समाधान गर्ने र खानेपानी योजनाको काम कार्यन्वयन गर्ने सम्वन्धमा भेला सम्पन्न भएको हो ।

वडा अध्यक्ष कुल बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भेलाले लयाँटीमा खानेपानी आयोजनामा पञ्चदेवल नगरका उच्च अहोदामा रहेका ब्याक्तीहरुद्धारानै आयोजना अवरुद्ध गर्न खोजेको निष्र्कष निकालेको छ ।

साथै वडा नम्वर ३ र ५ को जामुने खानेपानी आयोजनामा आएको विवाद समाधान नहुन्जेल पञ्चदेवल विनायक नगरपालिकामा उपभोग भइरहेका स्रोत साधन केहि दिन सम्मका लागी बन्द गर्ने निर्णय समेत भएको हो ।

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस