मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राम्रो र प्रभावकारी प्रस्तुति दिने केहि टिप्स यस्ता छन्

राम्रो र प्रभावकारी प्रस्तुति दिने केहि टिप्स यस्ता छन्

सुदूर आज

प्रस्तुतीकरण कुनै निश्चित विषयमाथी निश्चित व्यक्तिहरुको माझमा दिइने गरिन्छ । विद्यालय तथा कलेजमा , काममा, कुनै अभियानमा प्रस्तुतीकरणले विशेष महत्व राख्छ । प्रस्तुतिकरणमा मानिसहरुको अगाडी गएर निश्चित विषयमाथी बोल्नुपर्ने हुँदा आत्मविश्वासको कमी, डर, तयारिको कमी आदिका कारण अत्तालिने, आफूले भन्न चाहेको कुरा भन्न नसक्ने, बोल्दा बोल्दै बिर्सने, सहभागीहरुलाई आफ्नो कुरा बुझाउन नसक्ने, आफूतिर सहभागीहरुको ध्यान तान्न नसक्ने आदि समस्या हुने गर्छन् ।

राम्रो र प्रभावकारी ‘ Presentation ‘ का लागि टिप्स :

जुनसुकै काममा पनि उत्कृष्ट नतिजाको लागि तयारिको आवश्यकता पर्छ । प्रस्तुतीकरण कुन विषयमा दिने हो, त्यस सम्बन्धि सम्पूर्ण विषयवस्तुको ज्ञान लिने र आवश्यक सामग्री तयार गर्नुपर्छ । आफूले प्रस्तुतीकरण दिनको लागि समय कति छुट्टाइएको छ, त्यही अनुसार प्रस्तुतीकरण सामग्री तयार गर्नुपर्छ । ऐनाको अगाडी उभिएर प्रस्तुतीकरणको अभ्यास गर्नुपर्छ। यसले आत्मविश्वास बढ्छ।

आफूले प्रस्तुतीकरण कहाँ दिन लागिएको हो भन्ने कुरा ध्यानमा राख्नुपर्छ । सहभागी कुन किसिमका, कुन पदका, कुन शैक्षिक योग्यताका हुनेछन् , त्यही अनुसार आफूले बोल्ने सामग्री प्रस्तुत गर्नुपर्छ । शिक्षकहरुका अगाडी दिइने प्रस्तुतीकरण विद्यार्थीको लागि दिइने प्रस्तुतीकरण जस्तो हुनु हुँदैन र विद्यार्थीहरुका लागि दिइने प्रस्तुतीकरण शिक्षकको लागि दिइने जस्तो हुनु हुँदैन । यसको लागि भाषा तथा शब्द छनोट, उदाहरणको प्रस्तुति, विषयवस्तुको गहिराइ आदिमा ध्यान पुर्याउनुपर्छ । विद्यार्थीको अगाडी प्रस्तुतीकरण दिंदा विषयवस्तुको सतही ज्ञान ठीक हुनसक्छ भने शिक्षकको अगाडी प्रस्तुतीकरण दिंदा विषयवस्तुको गहिराइमा पुग्नुपर्छ ।

प्रस्तुतीकरणको लागि सामग्री तयार गर्दा मूख्य विषय भित्रका विषयवस्तुहरुलाई छुट्टाउनुपर्छ । यसो गर्दा आफूले तयार पारेको विषयवस्तु भद्रगोल हुँदैन साथै बुझाउन र सहाभागीहरुले बुझ्न पनि सजिलो हुन्छ । एउटा शिर्षकको विषयवस्तु पछि त्यससंग बढी मिल्दो अर्को विषयवस्तु राख्नुपर्छ । यसरि आफ्नो प्रस्तुतीकरण एउटा लयमा क्रमिक रुपले बग्न सक्छ । यसको साथै विषयवस्तुमा छिर्नु अगाडी त्यो विषयवस्तुमा भएका मूख्य बुँदाहरु भन्नुपर्छ र विषयवस्तु सकिसकेपछि फेरी सहभागीहरुलाई उक्त विषयवस्तुका ती मुख्य बुदा सम्झाउनुपर्छ ।

प्रस्तुतीकरणको विषयवस्तु तयार गर्दा सबै अनुच्छेदमा या भाषिक रुपमा मात्र राख्नु हुँदैन । त्यसलाई प्रष्ट पार्ने किसिमका ग्राफ, फोटोहरु, वृत्तचित्र, चार्ट आदि राख्नुपर्छ । यसको साथै बीच बीचमा उदाहरणहरु दिनुपर्छ या छोटा कथाहरु सुनाउन सकिन्छ । उदाहरण तथा कथा सुनाउँदा त्यहाँको सेरोफेरी मिल्दो, सहभागीहरुसंग मिल्दोजुल्दो राख्न सकियो भने सहभागीहरुसंग राम्रो सम्बन्ध बनाउन सकिन्छ, जसले गर्दा उनीहरुको लागि प्रस्तुतीकरण पट्यारलाग्दो नभएर चाखलाग्दो बनिदिन्छ ।

प्रस्तुतीकरणमा आफ्नो अनुशासन र शारीरिक हाउभाउले पनि निकै ठूलो फरक पार्छ । हँसिलो अनुहार, प्रस्तुतीकरण सुरु गर्नुभन्दा अगाडी अभिवादन र परिचय तथा प्रस्तुतीकरण सकिसकेपछि दिने धन्यवादले प्रस्तुतीकरणको व्यक्तित्वप्रति सहभागीहरु आकर्षित हुन्छन् । प्रस्तुतीकरण दिइरहंदा हातले आफू बोलिरहेका कुराहरु सम्बोधन गर्ने गरि चलाउनुपर्छ । हात एकै ठाउँ बाँध्नु हुँदैन । सफा देखिनुपर्छ ।