मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा अभियन्ता केपी खनाल र कलाकार रियासालाई अन्तराष्ट्रीय अर्वाड

युवा अभियन्ता केपी खनाल र कलाकार रियासालाई अन्तराष्ट्रीय अर्वाड


काठमाण्डौँ : युवा अभियान्ता केपी खनाल र कलाकार रियासा दाहाललाई अन्तराष्ट्रीय अवार्ड प्राप्त भएको छ । लामो समय देखि सामाजिक क्षेत्रमा समाजसेवा गरिरहेका अभियन्ता खनाल र कलाकारिता क्षेत्रमा क्रियाशिल रहेकी दाहाललाई थाईल्याण्डमा अन्तराष्टिय अवार्डबाट सम्मानित गरिएको हो ।

सानै उमेर देखि सरसफाई अभियान बाट सामाजिक क्षेत्रमा सक्रिय भएर अभियन्ताको ख्याती कमाएका खनाल र विगत ५ बर्ष देखी अवनरत देशका बिभिन्न टेलि श्रीङ्खलामा निरन्तर अभिनय गर्दै लोकप्रीय कलाकार रियाशालाई थाईल्याण्डको बैककमा एक कार्यक्रमका बिच बाट सम्मान गरिएको हो ।

युवा अभियन्ता खनाल लाई international Achievement Awards 2024 अन्तर्गत Young Achiever Awards र टेलि श्रृंखलाको माध्यमबाट कलाकारिता क्षेत्रमा क्रियाशिल रहेकी रियाशालाई Best Actress (Telefilm) बिधामाबाट सम्मान गरिएको युवा अभियान्ता केपी खनालले जानकारी दिए ।