पुजा शाही, अछाम / जिल्ला भलिबल संघ अछामको नयाँ नेतृत्व चयन भएको छ । आइतबार मंगलसेनमा सम्पन्न संघको अधिवेशन मार्फत् जिल्ला स्तरिय नयाँ नेतृत्व चयन गरेको हो ।
साँफेबगर नगरपालिकाका कृष्ण बहादुर कुवँरको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन भएको संघले जानकारी दिएको छ । जसको उपाध्यक्षमा मंगलसेन नगरपालिकाका राजेश प्रसाद भाट र कमलबजार नगरपालिकाका तिलक थापा चयन हुनु भएको छ ।
यस्तै कार्यसमितिको सचिवमा तुर्माखाँद गाउँपालिकाका हर्क बहादुर बयक, कोषाध्यक्षमा मंगलसेन नगरपालिकाका सरस्वती नेपाली र अन्य सदस्यहरुमा बेदराज तिमिल्सैना, लक्ष्मी कुमारी बुढा, जनक बहादुर बि.क., केशब थापा, राम बहादुर साउँद रहेका छन् ।
अछाम जिल्लामा खेलकुदको विकास, विस्तार तथा भलिबल खेलको प्रर्वद्धन गर्ने उद्देश्यले गठित संघको नयाँ नेतृत्वमा जिल्लाको भलिबल खेल क्षेत्रले नयाँ उचाई लिने अपेक्षा गरिएको छ ।
यस्तै नवगठित कार्यसमितिले जिल्लाका प्रतिभावान खेलाडीहरुको पहिचान र उनीहरुको क्षमता विकासमा पनि सक्रिय भएर काम गर्ने जनाएको छ ।














प्रतिक्रिया