मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलाडी राष्ट्रका गहना हुन् : मन्त्रि खड्का

खेलाडी राष्ट्रका गहना हुन् : मन्त्रि खड्का

खेलका हरेक विधामा सुदुरपस्चिम अब्बल छ


अछाम : सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्री माननीय मेघराज खड्काले खेलाडी रास्ट्रका गहना भएको बताएका छन् । त्यसमा पनि सूदुरपश्चिमका खेलाडी गौरवको खेल खेलिरहेका बताएका हुन्।

आईतवार १० औं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश स्तरिय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले सुदूरपश्चिमका खेलाडीहरुले खेलका हरेक बिधामा आफुहरुलाई अब्बल साबित गरेर बिभागिय कल्बमा समेत सुदूरपश्चिममा खेलाडीहरुको बर्चस्व रहेको बताए ।

राष्ट्रिय देखि अन्तर्राष्ट्रिय खेल र उमेर समुह देखि महिला पुरुष दुबैमा समेत सुदूरपश्चिमकै खेलाडी अगाडी रहेका बताए । खेल र खेलाडीहरुको सुदूरपश्चिम गौरव र पहिचान बनाउने काम गरेको भन्दै मन्त्रि खड्काले खेल स्वास्थ र राष्ट्रका लागि मात्रै नभई शारीरिक र मानसिक अवस्थाका लागि महत्त्वपूर्ण रहेको बताए ।

छनोट प्रतियोगिताहरुले नै खेलाडी उत्पादन गर्ने अवसर भएकोकाले हरेक खेलाडीले इमान्दारीका साथ खेन खेल्नु पर्ने बताए ।छनोट खेलमा लगनशील भएर खेल्न र कर्णाली प्रदेशको सुर्खेत हुन गइरहेको दशौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदशन गर्न समेत उनले खेलाडीलाइ आग्रह गरेका छन् । प्रदेशको खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार निरन्तर क्रियाशील रहेको समेत मन्त्रि खड्काको भनाइ थियो ।

तस्विरहरु